सरकारको ध्यान प्राबिधिक शिक्षातर्फः मन्त्री पोखरेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिररिाजमणी पोखरेलले सरकारले प्राविधिक शिक्षालाई विशेष महत्व दिएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित खामतेल विकास मञ्च नामक संस्थाको दोस्रो अधिवेशन तथा साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

संसार नै प्रविधिमैत्री हुँदै गएको भन्दै मन्त्री पोखरेलले सरकारले प्राविधिक शिक्षातर्फ आकर्षण विशेष ध्यान दिएको बताए । मुलुकका धेरै ठाउँहरुमा प्राविधिक शिक्षलयहरु स्थापना भइरहेको जानकारी दिदै उनले प्राविधिक शिक्षा सम्बन्धी काम गर्न खाम्तेल विकास मञ्चलाई आग्रह समेत गरे ।

कार्यक्रममा मन्त्री पोखरेलले खोटाङको खामतेलसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दै त्यस ठाउँको नामबाट सामाजिक संस्था स्थापना गरी समाजसेवा गरीरहेको सुन्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरुबाट बञ्चित भएका कारण गाउँबाट बसाइ सरेर शहरतिर जानु पर्ने बाध्यता रहेपनि अब भने त्यस्तो हुन नहुने बताए ।

यसैबीच, मञ्चले प्रदेश नम्बर एकका मूख्य न्यायाधिवक्ता चुणामणी आचार्यसहित चार जनालाई मञ्चले सम्मान गरेको छ । मञ्चले मूख्यन्यायाधिवक्ता आचार्य, प्रदेश नम्बर एककै प्रदेशसभा सदस्य एकराज कार्की, नेपाल राष्ट्र बैंकका डा. भागवत आचार्य र खेलाडी दिनेश सुनारलाई सम्मान गरेको हो ।

यता, मञ्चको अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनले डा. भागवत आचार्यको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमिति उपाध्यक्षमा सिता भट्टराई, सचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा खड्गबहादुर कार्की र सदस्यहरुमा हेमराज कार्की, उद्धव कार्की, अनिश कार्की र लक्ष्मीप्रसाद रेग्मी सर्वसम्मत रुपमा चयन भएका हुन् । मञ्चले थप ३ सदस्य भने मनोनित गर्ने भएको छ ।


क्लिकमान्डु