१ अर्ब खर्चेर मुगुका व्यवसायीले काठमाण्डौमा खोले होटल



काठमाडौ । उपत्यकाको बौद्धमा १ अर्ब रुपैयाँ खर्च गरी मुखुम अन्र्तराष्ट्रिय होटल खोलिएको छ । सो होटल मुगुका व्यवसायी तथा समाजसेवी छोकु रिमकोटे लामाले सञ्चालनमा ल्याएका हुन् ।

होटलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । कार्यक्रममा विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्री धनबहादुर बुढा रहेका थिए ।

कार्यक्रममा विभिन्न पार्टीका नेता, प्रदेश सांसद, स्थानीय सरकारका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो होटलमा मौलिक संस्कृति अनुसार स्वागत सत्कार गरी आरामदायी रुपमा खाना बस्नको व्यवस्था रहेको छ । स्वीमिङ पुलसँगै हरियाली तथा प्राकृतिक बातावरणमा होटल सञ्चालनमा ल्याइएको छ ।


क्लिकमान्डु