भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमण गर्न मंसिरमा नेपाल आउने, कार्यकालको पाचौं नेपाल भ्रमण



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणका लागि नेपाल भ्रमणमा आउने भएका छन् ।

भारतको समाचार ऐजेन्सी इन्डियन न्यूज ऐजेन्सी(एएनआई)ले काठमाडौं स्थित भारतीय दूतावास स्रोतलाई उल्लेख गरेर लेखेको समाचारमा मोदीले मंसिर १२ र १३ गते नेपाल भ्रमण गर्ने उल्लेख छ ।

यो पटक उनले शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने छन् ।

सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदीले नेपालको चारपटक भ्रमण गरेका छन् । दुई पटक सम्मेलनमा भाग लिन आउदा र दुईपटक नेपाली प्रधानमन्त्रीको निम्तोमा मोदी नेपाल आएका थिए ।

तेस्रो पटक नेपाल भ्रमणमा आउदा मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेका थिए । उनले लुम्बिनी भ्रमण गर्ने योजना बनाएका थिए । तर,चार पटकको भ्रमणमा पनि त्यो पुरा हुन सकेको थिए ।


क्लिकमान्डु