यस्तो रहेछ नेपाल–अङग्रेज युद्ध हुँदा नेपाली फौजलाई घिउ तताएर खुवाउने घिउ कराई (भिडियोसहित)



एउटा भनाई छ– बाउ बाजेहरु घिउ खाएरै बलिया भएका हुन । घिउ देख्ने वित्तिकै ग्याष्ट्रिक हुने अहिलेका पुस्तालाइ यो विश्वास नलाग्न सक्छ । तर यो कुरा नेपाल–अंग्रेज युद्धमा प्रयोग भएको यो घिउ कराईले प्रमाणित गर्दछ । जुन अहिले पनि सुरक्षित छ ।

विश्वका धेरै ठाँउमा उपनिबेश फैलाएर राज गरेका अंग्रेजहरुको नजर नेपालमा पनि लाग्यो । आधुनिक हतियारधारी अंग्रेजहरुसँग लड्न नेपाललाई धेरै चुनौती थियो । पैसाको कुनै कमि नभएका उनीहरुलाई खानपान, हातहतियार, गोला बारुद जुटाउन कुनै गाह्रो थिएन ।

तर विर नेपालीहरुले हिम्मत नहारी उक्त लडाइ लडे र अन्तत अंग्रेजहरुलाई हराएरै छोडे । नेपाल कब्जा गर्न आएको अंग्रज फौजलाई हराएको २ सय वर्ष नाघिसकेको छ ।

नेपालमा विभिन्न भुभागमा लडाइ भयो । तर नेपाली फौजको जित भएको बुटवलको जितगढी क्षेत्रमा रहेको गढीमा मात्र हो । कर्णेल उजिर सिंह थापाले नेतृत्व गरेको उक्त फौजलाइ घिउ तताएर खुवाउन २० इन्च उचाइ र १५ फिट गोलाइ भएको ठुलो कराइ प्रयोग गरिएको थियो । यो कराइलाइ घिउ कराई नामले चिनिन्छ ।

वि.सं १८७१ मा शुरु भएको नेपाल–अंग्रेज युद्ध विं.सं १८७२ बैशाख ७ मा नेपाली फौजले अंग्रेजहरुलाई हराएपछि समाप्त भएको थियो । यसरी घिउ खाएरै हिम्मतका साथ लडेका हुनाले आज नेपाल र नेपालीको नाम विश्वभर सार्वभौम नेपाल र विर गोर्खालीका नाममा परिचित छ ।
भारतमा कब्जा जमाएको इष्ट इण्डिया कम्पनिले चीन जाने छोटो बाटो नेपाल देखेपछि पाल्पाका सेन राजालाई धम्की दिएको र सेन राजाले नमानेपछि उक्त युद्ध शुरु भएको इतिहासविदहरु बताउँछन।

दुई सय वर्ष अघिको युद्ध सम्झाउने यो घिउ कराई पाल्पाको तानसेन स्थित पाल्पा दरबार संग्राहलयमा राखिएको छ ।


क्लिकमान्डु