छ लाख मूल्यको मरिच बरामद, तस्कर फरार



वीरगञ्ज । नेपालबाट भारततर्फ अवैधरुपमा साइकलमा लगिएको छ लाख मूल्य बराबरको एक हजार ४०० केजी मरिच पर्सा प्रहरीले आज बरामद गरेको छ ।

कुल ५६ बोरा मरिच १४ वटा साइकलमा भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

तस्कर भने सुरक्षाकर्मीलाई देख्नासाथ साइकल र मरिच छाडी भागेका थिए । मरिच र साइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको बताइएको छ ।


क्लिकमान्डु