कालीका म्युजिक अवार्डको मनोनयन काठमाण्डौमा सार्वजनिक

280
Shares

काठमाण्डौं । चितवको नारायणगढमा रहेको कालिका मिडिया ग्रुपले विगत १४ वर्षदेखि प्रदान गर्दै आएको कालिका म्युजिक अवार्डको मनोनयन राजधानी काठमाण्डौमा सार्वजनिक भएको छ ।

आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा आगामी असोज २६ गते प्रदान गर्न लागिएको १४ औं कालिका म्युजिक अवार्डकोे मनोनयन आम्रपाली ब्याङक्वेट काठमाडौंमा एक भव्य समारोहका बीच सार्वजनिक गरिएको हो ।

विगत १ वर्षदेखि चर्चित रहेका नेपाली गीत, संगीत, रचना र म्युजिक भिडियोको विभिन्न समूह बनाई जम्मा ३० विधामा उत्कृष्ट ५-५ जनाको मनोनयन सार्वजानिक गरिएको हो ।

कालीका ग्रुपका अध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेको अध्यक्षता तथा बरिष्ठ गायक\संगीतकार प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गजलकारहरु प्रा.डा. सनदकुमार वस्ती, शीतल कादम्बिनी, चलचित्र निर्देशक शोभित बस्नेत, कालीका मिडिया ग्रुपका निर्देशक दीपक पौडेल लगायतका कलाकारकर्मीहरुको उल्लेख जमघट रहेको थियो ।

सोही कार्यक्रममा लामो समयदेखि गीति रचनामा उल्लेखनीय योगदान पुर्याउँदै आएका वरिष्ठ रचनाकार किरण खरेललाई यसवर्षको कालिका लाइफ टाइम एचिभमेन्ट अवार्डवाट सम्मान गरिने घोषणापनि गरिएको कालीका एचडी टेलिभिजनका स्टेशन म्यानेजर राजकुमार लामिछानेले बताए ।

यसवर्षको कालीका म्युजिक अवार्डका लागि मनोनयनमा परेकाहरुको विस्तृत विवरण तलको लिंकमा गएर हेर्नुहोला :

14th Yamaha Kalika FM Music Award 2075 Nomination

Skip This