एनआईसी एशिया रेमिटमा चौथो कारोबार निःशुल्क !



काठमाण्डौ । “चाडपर्व मनाऔं, एन आई सी एशिया रेमिट सँगै” भन्ने नारा सहित नेपालीहरुको महान चाड दशै तिहार, छठको शुभ उपलक्ष्यमा  ग्राहकहरुलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरिएको छ ।

रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मङ्सिर महिनासम्म लागि रहने छ ।

योे समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने छ । यस बैंकले २०७५ असोज १ देखि २०७५ मङ्सिर २९ सम्म बैंकले एन आई सी रेमिट मार्फत रकम पठाउने आफ्ना समस्त ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।


क्लिकमान्डु