क्यान्सर पीडित बालकलाई महालक्ष्मीको सहयोग



काठमाण्डौ । महालक्ष्मी विकास बैंकले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं २ का रक्तक्यान्सर पीडित बालक विश्वास कार्कीलाई आर्थिक सहयोग गरेको छ ।

बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिभिल अस्पतालमा उपचाररत ८ बर्षीय ती बालकलाई १० हजार नगदसहित फलफुल सामग्री प्रदान गरेको हो ।

बैंकका बानेश्वर शाखा प्रबन्धक सुजाता लामिछानेले सिभिल अस्पतालमा नै आएर क्यान्सरपीडित बालकका पिता जीवन कार्कीलाई आज उक्त रकम हस्तान्तरण गरेकी हुन् ।


क्लिकमान्डु