सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस योजना सार्वजनिक, सहभागी हुने कसरी ?



काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. ले नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ् लाइलक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने “लखपति एक्स्प्रेस” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई १ लाख रुपैयाँ उपहार प्रदान गरिने छ ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्ेयमा १२ लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।
लखपति एक्स्प्रेस योजनामा कसरी सहभागी हुने ?

कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस” अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना मार्फत ११ सय २० जना उपभोक्ताहरु विजेता हुनेछन् ।


क्लिकमान्डु