कर्मचारीलाई तालिम दिन एमएमबि बैंकले ५० लाख खर्च गर्ने



काठमाडौं । एनएमबि बैंकले कर्मचारीलाई तालिम दिनको लागि ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

कर्मचारीलाई तालिम दिनको लागि एनएमबि बैंकले नेशनल बैंकिङ्ग इन्ष्टिच्युटसँग सम्झौता गरेको छ ।

सम्झौतामा एनबिआईले एनएमबि बैंकका कर्मचारीको दक्षता बढाउन तालिम दिने छ ।
सम्झौता पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।


क्लिकमान्डु