काठमाडौँको चोभारमा सिटिजन्सको एटिएम सञ्चालन



काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उप–कप्तान ज्ञानेन्द्र मल्लले एक समारोहकाबीच संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् ।

उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरू,उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यसले गर्दा चोभार क्षेत्र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु