खारेजीमा परेको हिमालय फाइनान्सको कर्जा असुली व्यवस्थापक नियुक्त



काठमाण्डौं । हिमालय फाइनान्स लिमिटेड लिक्विडेटरको कार्यालय र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिबीच हिमालय फाइनान्स लिमिटेडका कर्जा असुलीका लागि सम्झौता भएको छ।

सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले उक्त वित्तिय संस्थाको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुली तथा व्यवस्थापनको कार्य गर्नेछ।

हिमालय फाइनान्स लिमिटेड पुनरावेदन अदालतको निर्णय बमोजिम कम्पनी खारेजीका लागि लिक्वडेटरको नियुक्ती भई खारेजी प्रक्रियामा रहेको छ । यता, नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि वित्तिय बजारमा बैंक तथा वित्तिय संस्थाको कर्जा असुली तथा व्यवस्थापनको लागि स्थापित विशेषज्ञ सेवा प्रदान गर्ने कम्पनी हो ।


क्लिकमान्डु