गोरखाबजारमा ग्लोबल आइएमईले खोल्यो नयाँ शाखा



काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि.ले गोरखा जिल्लाको गोरखाबजारमा नयाँ शाखा सञ्चालन गरेको छ ।

सो शाखाको जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरे ।

त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरिन् ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले सबैकालागि बैंक भन्ने मूल नारालाई चरितार्थ गर्दै बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमापनि सम्भव भए शाखाको माध्यमबाट र शाखाविस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दै जाने बताए ।

ग्लोबल आइएमई बैंकले गोरखा जिल्लामा गोरखाबजार, मनकामना र सिरानचोक गरी ३ वटा शाखा सञ्चालन गरिरहेको छ । भदौ २८ गते बिहिबारदेखि नै आफ्नो १३२ औं शाखा र १३७औं एटिएम सेवा नवलपरासी जिल्लाको गंैडाकोटमा सञ्चालनमा बैंकले बिज्ञप्ति मार्फत जनाएको छ ।


क्लिकमान्डु