स्वरोजगारले बोनस सेयर र नगद लाभांस बाँड्ने




काठमाडौं । स्वरोजगार लघुवित्तले सेयरधनीलाई बोनश सेयर तथा नगद लाभांश दिने भएको छ । संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

सोही प्रयोजनको लागि संस्थाले असोज ५ गतेदेखि २० गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ ।

संस्थाको हाल कायम चुक्ता पूँजी १२ करोड २४ लाख ९७ हजार ७ सय ६० रुपैयाँ रहेको छ । सोही चुक्ता पूँजीबाट संस्थाले २० प्रतिशत बोनश सेयर तथा १.०५२६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

संस्थाको बार्षिक साधारण सभा भने आगामी असोज २० गते बस्ने प्रशासन प्रमुख श्रीराम रोक्काले जानकारी दिए ।


क्लिकमान्डु