एनआइसी एशियाको चमत्कारिक योजनाः मासिक ११ हजार किस्तामा गाडी किन्न ऋण, ५० वर्षे होमलोन



काठमाण्डौ । एनआई सी एशिया बैंकले “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घरजग्गा कर्जा” सार्वजनिक गरेको छ । यी दुई योजनाहरु ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

के हो चमत्कारिक सवारी कर्जा ?
“एनआई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकहरुले समेत चमत्कारिक लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

चमत्कारिक सवारी कर्जाका विशेषताहरु :
१.तुरुन्तै कर्जा स्वीकृति हुने
२. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मुल्यअनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम सुरु हुने)
४. आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५.मासिक ब्याज दर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घर जग्गार सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था ।

के हो चमत्कारिक घर जग्गाकर्जा ?
“एनआई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार”भन्ने नाराका साथ एनआईसी एशिया बैंकले चमत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको हो ।

चमत्कारिक घर जग्गाकर्जाका विशेषताहरु :
१.आफ्नो आम्दानी अनुसार मासिक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिककिस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँकिस्तार भुक्तानी अवधि कायम गर्न सकिने ।
५. मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधार दरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने ।

यी नयाँ दुवै चमत्कारिक कर्जा योजनाहरु बैंकको मुलुकभर रहेको २४४ वटै शाखा कार्यालयबाट ग्राहकले चाहेको गाडी तथा घरजग्गाबिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु