किसान माइक्रो फाइनान्सले बोनस सेयर बाँड्ने



काठमाडौं । किसान माइक्रो फाइनान्सले आर्थिक बर्ष २०७४\७५ को नाफाबाट आफ्ना सेयर लगानीकर्तालाई बोनश सेयर तथा नगद लाभांस वितरण गर्ने भएको छ ।

माइक्रो फाइनान्सको बैठकले हाल कायम रहेको चुक्ता सेयरपूँजी ४ करोड ८० लाख ५० हजारको २९ प्रतिशत बोनश र सो मा लाग्ने कर प्रयोजनको लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो ।

यसरी वितरण गर्ने प्रस्ताव पारित गरि स्विकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाहले जानकारी दिए ।


क्लिकमाण्डू