विदेशबाट आउने चिनी आयात रोक्ने प्रधानमन्त्री ओलीको घोषणा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने चिनी आयात तत्कालै रोक्ने घोषणा गरेका छन् । नेपाली चिनी उद्योगमा प्रयाप्त मौज्जत रहेको विदेशबाट आएको चिनीले नेपाली उद्योग र किसानको लगानी धरासायी भएपछि प्रधानमन्त्री विदेशबाट चिनी आयात रोक्ने निर्णयमा पुगेका हुन् ।

उखु उत्पादक किसान सङ्घ र चिनी मिलका प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्री ओलीले स्वदेशी चिनी उद्योग र किसानलाई बचाउन विदेशबाट आउने चिनीको आयात रोक्ने घोषणा गरे ।

पाकिस्तानबाट आएको सस्तो चिनीले नेपालमा उत्पादन भएको चिनी बिक्री भएको छैन । स्वदेशी उद्योगले उत्पादन गरेको चिनीले विदेशबाट उत्पादन गरेको चिनीसँग प्रतिस्पर्धा गर्न नसकेपछि प्रधानमन्त्रीले चिनी आयात रोक्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा उत्पादन भएको चिनी बिक्री नहुँने र विदेशबाट आयात भएको चिनी बिक्री हुने अवस्था आएपछि चिनीको आयात रोक्ने घोषणा चिनी उद्योगी र किसानसँग गरेका हुन् ।

उनले उद्योगी र किसानसँगको छलफलमा चिनी मात्र नभएर अर्कोवर्षदेखि उद्योगीले विदेशबाट उखुपनि किन्न नपाउने भन्दै किसानले उत्पादन गरेको उखु खेतमा सुक्ने अवस्थाको अन्त्य गर्ने बताए ।

चिनी उद्योगीको आग्रहमा सरकारले चिनीमा लाग्ने भन्सार ३० प्रतिशतले बढाएको थियो । चिनी आयातकर्ताले भने चिनीको आयात रोक्दा कालोबजारी बढ्ने र यसले सरकाले पाएको राजस्व गुम्ने बताउदै आएका छन् । विश्व बजारमा चिनीको मूल्य भने अत्याधिक ओरालो लागेको छ ।


क्लिकमान्डु