नेपालले तेस्रो मुलुकसँगको व्यापारमा भारतसँग भरपर्ने दिनको अन्त्य, चीन मार्फत तेस्रो देशमा व्यापार गर्न सक्ने



काठमाडौं । नेपालले तेस्रो देशको व्यापारमा भारतको भरपर्नुे समयको अन्त्य भएको छ ।

नेपाल र नेपाल र चीनबीच व्यापार तथा पारबहन प्रोटोकलमा सहमति जुटेसँगै तेस्रो मुलुसँगको व्यापारमा भारतको निर्भरता हटेको हो । अहिले नेपालले तेस्रो मुलुकको व्यापारमा भारतको समुन्द्र प्रयोग गर्नुपरेको छ ।

बिहिबार मध्यराती काठमाडौंमा भएको सहमती अनुसार नेपालले अब चीनका चार वटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह तेस्रो देशसँग व्यापारका लागि प्रयोग गर्न सक्नेछ।

नेपाल–चीनबीच दुई वर्षअघि भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकललाई बिहीबार राती अन्तिम रुप दिएको हो।

नेपालले अब तेस्रो मुलुक जापान, कोरियालगायत देशबाट सामान ल्याउँदा चीनका सामुद्रिक बन्दरगाह थेन्जिन, सेन्जेन, ल्यानयुयान र झान्जियाङ तथा चीनका सुख्खा बन्दरगाह लान्झोउ, ल्हासा र सिगात्से प्रयोग गर्न पाउने सहमतिमा उल्लेख छ ।

सहमतिमा बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायतका पारवहन सम्बन्धी विभिन्न विषयहरूमा छलफल भएको थियो ।

प्रटोकलले अन्तिम रुप पाएसँगै नेपाल र चीनबीच २ वर्षअघि व्यापार तथा पारवहनसम्बन्धी भएको सम्झौता कार्यान्वयन आउने छ।

भारतले संविधान जारी भएपछि लगाएको नाकाबन्दीपछि तेस्रो मुलुकसँगको व्यापारको लागि चीनको बिकल्प खोजिएको थियो ।


क्लिकमान्डु