यो सेयर बजारमा लगानी गर्ने अबसर हो, तर वुल ट्रयापको खतरा छ: नीरव पुडासैनीको विचार



निःसन्देश बुल ट्रयाप भनिहाल्नु आजको अवस्था होइन । तथापी सजग हुनु मुख्र्याई चाँही पक्कै होइन । लामो समयको अस्थिर र घट्दो बजार एकाएक बिना कुनै ठोस आधारभूत तथा गणितीय प्राबिधिक आधारबिना उभो गतिमा अघि बढ्नु नै बुल ट्रयापको संकेत हो ।

यस्तो अवस्थामा सेयरका खेलाडीहरु एकाएक सक्रिय हुन्छन् । जसको कारण भिडको गतिमा लगानी गर्ने लगानीकर्ताहरु फस्ने डर हुन्छ । तर अहिलेको अवस्थालाई बुल ट्रयाप होइन भन्ने केही आधार नभएको भने पक्कै होइन ।

५–६ महिनापछि अर्थतन्त्रमा बजेट र सरकारका अन्य आर्थिक गतिबिधिको सकारात्मक प्रभावको प्रत्यक्ष महशुस अर्थतन्त्रले गर्नेछ भनेर अर्थमन्त्री डा. युवराज खतिवडाले ठोकुवा गर्नु पनि त्यसको आधार हुन सक्छ ।

तर, राष्ट्र बैंकले सेयर धितोकर्जाको जोखिम भारलाई केही खुकुलो गर्ने निर्देशनको आधारहीन हौवाहरुको आडमा बजारमा सकारात्मक प्रभाव बलजफ्ती पार्न खोज्नु बुलट्रयापको पहिलो प्रयास त होइन ?

यो सँगै प्राबिधिक तथा आधारभूत आधारमा पनि थप सेयरमा लगानी बढाउने अवसर अहिले भएको हुँदा बुल ट्रयापको त्यतिधेरै चिन्ता गरिहाल्नु नपर्ला ।

अघिल्लो चार दिनको कारोबारको आधारमा पिभोट रेञ्जको अनुमानित कारोबार रेञ्ज १२३४ तिर देखाउँछ । जसलाई अहिले बजारले पार गरिसकेको अवस्था छ । यो लेख तयार पारिरहँदा बजार १२४१ को अंक नजिक चलिरहेको छ ।

यसै आधारमा बजार केही अंक अझ माथि जानेमा निश्चिन्त हुन सकिन्छ । त्यसैगरी प्राबिधिक विश्लेषणको मुख्य पाटो ‘रिलेटिम स्टे«ण्ड इन्डेक्स’ पनि ३० प्रतिशतको सीमाबाट पुनः बढ्दो क्रममा रहेको हुँदा बजारले बढ्ने आधार बलियो पाएको बुझ्न सकिन्छ ।

यसका साथै एक्सपोनेन्सल मुभिङ एभरेज तर छोटो अवधिको हेर्दापनि बजार बढ्ने सुरमा रहेको देखिन्छ । तथापी लामा अवधिका मुभिङ एभरेजहरुले भने बजार अझै तल झर्ने नै संकेत गर्छ ।

तर, अर्थतन्त्रको सुधारसँगै यसको केही लाग्दैन । जापानी क्याण्डलस्टिकको आधारमा बुलट्रयापको संकेत अस्पष्टरुपमा देखिन्छ । तसर्थः लगानीकर्ताहरुले निकै सजग भएर कारोबार गर्नु उपयुक्त हुन्छ ।

हुन् त प्राबिधिक रुपमा स्टपलस राख्न मिल्ने अवस्था नेप्सेको कारोबारमा छैन । तरपनि स्वयम् लगानीकर्ताहरुले आफ्नो जोखिम बहन गर्न सक्ने प्रतिशतको निक्र्यौल गरी सोही अनुसार राफसाफ गर्न सक्नु पर्छ ।
(पुडासैनी पुँजीबजार सम्बन्धी जानकार हुन् ।)


क्लिकमान्डु