पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपीजी ग्याँसमा २५ रुपैया बृद्धि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमनले बुधबार रातिदेखि लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ, डिजेलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ र एलपीजी ग्याँसमा २५ रुपैयाँ बढाएको हो ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार अन्तराष्ट्रिय बजारमा कच्चा तेल र डलरको मूल्य बढेकै कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्न गएको हो ।

यो मूल्यवृद्धि पछि पेट्रोलको मूल्य १ सय १२ रुपैयाँ, डिजेल\मट्टितेल ९८ रुपैयाँ र ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ पुगेको छ । यसरी मूल्य बृद्धि हुँदा पनि१५ दिनमा ११ करोड १५ लाख रुपैयाँ घाटा हुने निगमलले अनुमान छ ।


क्लिकमान्डु