यस वर्षको चाडपर्व बजाज आरईसँग



काठमाडौं । बजाज थ्रि ह्वीलर्सको आधिकारिक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरईसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ ।

यो योजनाको ट्यागलाइन ‘आरईले दिन्छ टिभी उपहार, मनाउँदै खुशी स–परिवार’ रहेको छ ।

यो योजना अन्तर्गत बजाज आरईमार्फत खुशी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरईका ग्राहकहरुले फ्रिमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने छन् र परिवारसँग मिलेर खुशीका साथ पर्व मनाउनेछन् भन्ने संदेश दिएको छ ।

हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालीहरुले मनाउने ठूला पर्वहरु आउँदै छन् र यस्ता चाडपर्वले मानिसमा उत्साह, उमंग लिएर आएको हुन्छ । यो समय भनेको रमाइलो गर्ने सम्भावना र खुसी खोज्ने प्रयासपनि हो ।

हामी आफ्ना अमुल्य ग्राहकहरु माझ सबैमा खुशी ल्याउने यस्तो योजना ल्याउन पाउँदा अत्यन्तै खुशी छांै–उनले भने ।


क्लिकमान्डु