भियतनाममा फलफूल तरकारी आयातमा १२ प्रतिशतले बृद्धि



हनोई । भियतनाममा यस वर्षको सुरुदेखि हालसम्म अर्थात आठ महिनामा एक अर्ब १० करोड अमेरिकी डलर बराबरको फलफूल र तरकारी आयात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा करिब १२ प्रतिशतले आयातमा बृद्धि भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले मङ्गलबार उक्त जानकारी दिएको हो ।

भियतनामले फलफूल मात्र करिब ८१ करोड २० लाख अमेरिकी डलर बराबरको आयात गरेको छ । सो आयात खासगरी थाइल्याण्ड र चीनबाट हुने गरेको छ ।

भियतनामले सन् २०१७ मा एक अर्ब ७० करोड अमेरिकी डलर बराबरको फलफूल र तरकारी आयात गरेको थियो । सन् २०१६ को तुलनामा यो करिब ६८ प्रतिशत बढी थियो ।

तर, आठ महिनाको अवधिमा भियतनामबाट करिब दुई अर्ब ७० करोड बराबरको फलफूल र तरकारी निर्यात गरेको छ जुन करिब १४.८ प्रतिशत वृद्धि हो, कृषि मन्त्रालयले जनाएको छ । रासस \एपी


क्लिकमान्डु