सेञ्चुरी बैंकका ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट पाउने



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र हरिसिद्धी, ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड लिएका ग्राहकहरु तथा शयेरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकहरु तथा बैंकका शयेरधनीहरुले विभिन्न सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालिका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु