ज्योति बिकास बैंकको उच्च ब्यवस्थापनमा शर्मा र आचार्य नियुक्त



काठमाण्डौ । ज्योति बिकास बैक लि. को उच्च ब्यवस्थापनमा दुई नयाँ पदाधिकारी नियुक्त भएका छन् । बैकको नायब महाप्रबन्धकमा शुशिलकुमार शर्मा र सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका हुन् ।

शुशिलकुमार शर्माको २३ बर्ष नेपाल एसबिआइ बैक लि. र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभब रहेको छ । उनी यस अघि एस.बि.आइ. बैकको क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत थिए ।

ब्यबस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धकदेखि विभागीय प्रमुख तथा क्षेत्रीय प्रबन्धकसम्मको कार्य अनुभब रहेको छ ।

त्यसैगरी, रामहरि आचार्यसँग एभरेष्ट बैकमा २० बर्ष काम गरेको अनुभब रहेको छ । ब्यबस्थापनमा स्नातकोत्तर आचार्य यसअघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए ।

उच्च ब्यबस्थापनमा स्थापित बाणिज्य बैकमा लामो समयसम्म महत्वपूर्ण भूमिकामा रहेका ब्यक्तिहरुको नियुक्तिले ज्योति बिकास बैकको लक्ष्य प्राप्ति यात्रा अझ सहज हुने बिश्वास प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।


क्लिकमान्डु