एनसीसी बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंंकास्योरेन्स सम्झौता



काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) लि. र एनएलजी इन्स्योरेन्स कम्पनी लि.बीच बैंकास्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट एनएलजी इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनएलजी इन्स्योरेन्स कम्पनी लि.का तर्फवाट कामु प्रमुख कार्यकारी अधिकृत सुनीलबल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु