काबेली बिकास बैंकले बोनस सेयर वितरण गर्ने



काठमाडौं । काबेली बिकास बैंकले बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको संचालक समितिको भदौ १७ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

बैंकको चुक्तापूँजी २१ करोड ५ लाख ९० हजार ४ सय रुपैयाँको ३५ प्रतिशत रकम ७ करोड ३७ लाख ६ हजार ६ सय ४० बराबरको बोनस सेयर आफ्ना सेयर धनीलाई प्रस्ताव गरिएको हो ।

साथै, प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनकालागि नगद लाभांस प्रस्ताव गरिएको छैन ।

उक्त प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठले बताए ।


क्लिकमान्डु