ज्योति विकास बैंक र कैलाश बैंकबीच रेमिटेन्स सम्झौता



काठमाण्डौ । ज्योति विकास बैंक लि. र कैलाश विकास बैंक लि.बीच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कैलाश विकास बैंकका तर्पmबाट प्रमूख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कैलाश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँकको ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउँदैछन । सम्झौता पश्चात कैलाश विकास बैँकका ६५ शखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।


क्लिकमान्डु