नाडेप लघुवित्तको कामु सीइओमा रुपाखेती नियुक्त



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत शारदाप्रसाद कट्टेलको राजीनामा स्वीकृत भएको छ । कट्टेलले पारिवारिक कारण देखाई राजीनामा दिएका थिए ।

संचालक समितिको ८२ औं बैठकको उनको राजीनामा स्वीकृत गरेको हो । भदौ २० गतेदेखी लागू हुने गरी राजीनामा स्वीकृत गरिएको छ ।

सीइओको राजीनामा स्वीकृत भएपछि नायव प्रमुख कार्यकारी अधिकृत अमृतप्रसाद रुपाखेतीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा मुकरर गर्ने निर्णय भएको छ ।


क्लिकमान्डु