आशा लघुवित्त तेश्रो वर्षमा प्रवेश



काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लि. दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वित्तीय संस्थाले दोश्रो बार्षिकोत्सवमा विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।

वित्तीय संस्थाद्वारा केन्द्रीय कार्यालय ककनी-६, नुवाकोटमा प्रभात फेरी पश्चात स्थानीयबजार एवम् विद्यालय सरसफाई कार्यक्रम संचालन गरियो । सो अवसरमा स्थानीय निकायका प्रतिनिधि, बासिन्दा तथा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वित्तीय संस्थाकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले स्थानीय सामुदायिक विद्यालयका करीब १५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै उत्कृष्ट अंक ल्याउने दुईजना छात्र छात्रालाई छात्रवृत्ति समेत उपलब्ध गराए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा विद्यालयका अध्यक्ष ज्ञानबहादुर लामा, प्रधानाध्यापक, शिक्षकशिक्षिकाहरु, वित्तीय संस्थाका विभागीय प्रमुखहरु प्रमोद भट्टराई, रबिन खतिवडा तथा दिपेन्द्र खनाल एवम् शाखा कार्यालय मदानपुरका प्रबन्धक विकास दुलाललगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु