जनता बैंकद्वारा पनौतीको विद्यालयलाई कम्प्युटर हस्तान्तरण



काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फुलचोकी आधारभूत विद्यालय, पनौती, काभ्रेलाई दूई थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।

बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त सामाग्रीहस्तान्तरण गरेका हुन् ।

जनता बैंकले सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।

विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरुको स्वास्थ्य परीक्षण र पाठेघर सम्बन्धी निःशुल्क अपरेशन तथा सामुदायिक विद्यालयको स्तर उन्नतीलाई मध्येनजर गरी विद्यार्थीहरुलाई छात्रवृत्ति र शिक्षण सामाग्री उपलब्ध गराई सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

यसबर्ष देशैभरीबाट सामुदायिक विद्यालयका २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धी तथा आँखाको मोतिविन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम रहेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु