पशुपति क्षेत्रमा प्रधानमन्त्री ओली र मोदीले गरे धर्मशाला उद्घाटन



काठमाण्डौ । पशुपतिनाथ क्षेत्रमा निर्माण भएको धर्मशालाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएको बेला मोदी र नेपालका प्रधानमन्त्रीले संयुक्त रुपमा धर्मशाला उद्घाटन गरेका हुन् । धर्मशालामा ३ तला र ३ सय ९८ कोठाको रहेको छ ।

सो धर्मशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताउँदै बागमती नदीलाई सफा गर्ने कुरा बताए । उनले भने– यही नदीमा स्नान गरेर पशुपतिनाथको दर्शन गर्न सकिने गर्नेछु ।

सो धर्मशादा उद्घाटनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ हिन्दु र वौद्ध धर्माबलम्बीको संगमस्थल भएको बताए । यस क्षेत्रको विकासमा भारतको सद्भावना र सहयोग रहने भारती प्रधानमन्त्री मोदीले बताए ।


क्लिकमान्डु