बैंकको ऋण तिर्न ९ सय टन रक्सीको प्रयोग



बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ । बैंकलाई पनि ऋण उठाउनको लागि कहिले समस्या पर्छ । कहिले बैंकले सामान्य अवस्थामा पेल्दा ऋणी समस्या पर्छन् । तर,बैंकबाट ऋण लिएपछि तिर्नुपर्ने पर्छ ।

एउटा रक्सी उत्पादन गर्ने कम्पनीले बैंकबाट लिएको ऋण तिर्नको लागि ९ सय टन रक्सी दिएर बैंकको ऋण तिरेको छ । यो घटना चीनको सिचुवान प्रान्तको हो ।

त्यहाको एउटा रक्सी उत्पादक कम्पनीले बैंकको ८० लाख युआन ऋण लिएको थियो ।
कम्पनीलाई जब ऋण तिर्नको लागि दवाव भयो उसले आफ्नो स्टकमा राखेको ९ सय टन रक्सी बैंकलाई दियो र आफ्नो ऋण तिर्यो ।

सन् २०१६ को अन्त्यमा बैंकलाई रक्सी कम्पनीले लिएको ऋण नतिरेको जानकारी भएको थियो । रक्सी कम्पनीको कर्जाको रकम बढेको थियो भने ऋणको किस्ता र ब्याज तिरेको थिएन ।

बैंकले कम्पनी विरुद्ध अदालतमा मुद्दा दायर गर्यो । लगभग दुईवर्ष अदालतमा मुद्दा सुनुवाई भएपछि अदालतले कम्पनीलाई दोषी ठहर गर्यो । भने कम्पनीसँग जोडिएका चारवटा रक्सी उत्पादन गर्ने कम्पनीलाई लिलामी गर्ने आदेश थियो । कम्पनीसँग ८० लाख युआनको कर्जा थियो भने ब्याज बढी रहेको थियो । यो भनेको नेपाली रुपैयाँमा परिवर्तन गर्दा करिब १३ करोड रुपैयाँ हुन्छ ।

लिलामीमा कम्पनी खरिद गर्न भने कोहीपनि तयार भएनन् । त्यसपछि बैंकलाई कम्पनीले स्टकमा भएको रक्सी दिएर ऋण चुक्ता गर्ने प्रस्ताव गर्यो । बैंकले त्यो प्रस्ताव मान्यो । त्यो रक्सीको मुल्य ९३ लाख युआन थियो । करिब १६ करोड नेपाली रुपैयाँ ।

चिनियाँ मिडियामा छापिएको समाचार अनुसार ९ सय टन रक्सी कम्पनीबाट बैंकमा पुर्याइयो । त्यसपछि बैंकले कम्पनीले ऋण चुक्ता गरेको बतायो ।


क्लिकमान्डु