जनता बैंकले कर्मचारीलाई तालिम दिने, एनबीआईसँग भयो संझौता
काठमाण्डौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र जनता बैंक नेपाल लि. बीच भदौ १५ गते शुक्रबार तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार एन.बी.आईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार जनता बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
सम्झौतापत्रमा जनता बैंक नेपाल लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।