हाम्रो विकास बैंकले बोनस सेयर तथा नगद लाभांस बाँड्ने



काठमाडौं । हाम्रो विकास बैंकले बोनश सेयर तथा नगद लाभांस वितरण गर्ने भएको छ ।

वितरण योग्य जगेडा तथा कोषबाट बैंकका सेयरधनीहरुलाई २ दशमलव ४० प्रतिशतका दरले बोनस सेयर तथा लाभांसमा लाग्ने कर सहित ७.९१४५ प्रतिशत नगद लाभांश वितरण गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकको यहीँ भदौ १४ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक बर्ष २०७४\७५ को वित्तीय विवरणहरु पारित गरिसकेको छ ।

बोनस सेयर र नगद लाभांस वितरणका गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले बताए ।


क्लिकमान्डु