तनहुँको डुम्रेमा एनआईसी एशिया बैंकको नयाँ शाखा



काठमाण्डौ । एनआईसी एशिया बैंकले तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका, वडा नं. १, डुम्रेमा नयाँ शाखा खोलेको छ ।

सो डुम्रे शाखाको एनआई सी एशिया बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले यही भदौ १४ गते समारोहकाबीच उद्घाटन गरे ।

एनआइसी एसिया बैंकले देशभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखा रहित बैंकिङ ईकाई सेवा प्रदान गर्दै आएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बिज्ञप्ति मार्फत जनाएको छ ।


क्लिकमान्डु