लामो समयपछि ९ अंकले बढ्यो नेप्से, २१ करोडको कारोबार



काठमाडौं । सातको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बद्धि भएको छ । आज परिसूचक ९.३९ अंकले बढेको हो । ०.८० प्रतिशतले बढ्दा परिसूचक ११८१.६९ बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज १६७ कम्पनीले कारोबार गरेका छन् । ६ लाख ९४ हजार ३ सय ७८ कित्ता सेयर किनबेच हुँदा २१ करोड ९ लाख ७३ हजार ३ सय ७२ रुपैंयाको कारोबार भएको छ ।

नेप्सेमा आज एक सूचक मात्र रातो रहेको छ ।

बैंक ९.११, विकास बैंक ७.९१, जलविद्युत ५.३१, वित्तीय १.३२, निर्जीवन बीमा ६२.४६, उत्पादनमूलक समूह ८.२६, अन्य ६.२७, माईक्रोफाइनान्स १४.०३, जीवनबीमा २६.२१ अंकले बढेका छन् । होटल २.३१ अंकले घटेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.८८ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् ।

सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

नेपालमा बिमस्टेक सम्मेलन शुरु भएको दिन नेप्से परिसूचक बढेको छ । धेरै समयदेखि निराश रहेका सेयर लगानीकर्ताहरु झण्डै दोहोरो अंकले नेप्से बढ्दा केही मात्रामा भएपनि खुशी भएका छन् ।


क्लिकमान्डु