कास्कीमा एनआईसी एशिया बैंकको २ नयाँ शाखा



काठमाण्डौ । एनआई सी एशिया बैंकले कास्की जिल्लामा २ नयाँ शाखा शुभारम्भ गरेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका, वडा नं.८, न्यूरोड पोखरास्थित न्यूरोड पोखरा शाखाको एनआईसी एशिया बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरेका हुन् ।

त्यसैगरी, अन्नपूर्ण गाउँपालिका, वडा नं. १, नौडाँडास्थित नौडाँडा शाखाको एनआईसी एशिया बैंकको संचालक बिनोदकुमार प्याकुरेलले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

एनआइसी एसिया बैंकले मुलुकभर २४१ शाखाकार्यालयहरु, २३५ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ सेवा गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु