बैंकले सेयर ब्रोक्ररको काम गरेपछि सेयर बजार देशब्यापी हुन्छ : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकले सेयर ब्रोक्ररको लाइसेन्स लिएर काम गरेपछि सेयरको पहुँच देशव्यापी हुने बताएका छन् ।

नेपाल पुँजी बजार लगानीकर्ता संघसँग बुधबार भएको भेटमा अर्थमन्त्री खतिवडाले बैंकलाई सेयर ब्रोक्ररको लाइसेन्स दिने प्रक्रिया अब अगाडि बढ्ने बताए ।

अर्थमन्त्री खतिवडाको जोडबोलमा नै यो पटकको मौद्रिक नीतिमा बैंकलाई सेयर ब्रोक्ररको लाइसेन्स दिने नीति आएको थियो । बैंकले सहायक कम्पनीले खोलेर सेयर ब्रोक्ररको काम गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । यो व्यवस्था कार्यान्वयन हुन भने बाँकी छ ।

पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा अर्थमन्त्री खतिवडालाई भेट्न गएकोको टोलीले सेयर बजारको खस्कदो अवस्था तथा अहिले आइपिओ र एफपिओपनि बिक्री हुन नसकेको अवस्थाको जानकारी गराएका थियो । संघले अनलाइन ट्रेडिङलाईपनि कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

लगानीकर्ता संघसँगको भेटमा अर्थमन्त्री खतिवडाले आफु सेयर बजारको विकास र विस्तार भएको आफूले हेर्न चाहेको पनि बताएका छन् ।

उनले बोनस र हकप्रद सेयरमा लगाइने भनिएको करको विषय केही दिनमा टुंगिने प्रतिबद्धता व्यक्त गरेका छन् ।


क्लिकमाण्डू