भदौ १६ सम्म केएल मोबाईल मेला, पुरानो मोबाइलसँग ग्यालेक्सी नोट ९ साट्न पाइने



काठमाण्डौ । चाबहिल चुच्चेपार्टी स्थित केएल टावरमा जारी मोबाइल मेलामा सेवाग्राहीको भिड बढेको छ । ६ मोडलका मोबाइल किन्दा अर्को सित्तैमा पाइने अफरले घिड बढेको मोबाइल हबले जनाएको छ । यसका साथै मेला अवधिभर जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने हबले जनाएको छ ।

पहिलो बार्षिकत्सवको अवसर पारेर सञ्चालन गरिएको मोबाइल मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाईल उपलब्ध छन् ।

जस्तो सुकै पुरानो मोबाइल साटेर नयाँ मोबाईल लिन सकिने मेलामा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । अफर भित्र पनि अफर सहित चलिरहेको मोबाइल मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ ।

मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा मोबाइल किन्न सकिन्छ ।


क्लिकमान्डु