माझी समुदायको पेशा सङ्कटमा, कारण के हो त ?



इनरुवा । सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ ।

आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका अध्यक्ष गुलावी मुखियाले बर्ताए ।

सदा, उराँव, मुस्लिमलगायतका विभिन्न जातिको माछा मार्ने पेशा नभए पनि अहिले उनीहरुले माछा मार्ने कार्य गर्ने गरेका कारण आफूहरुको व्यवसाय सङ्कटमा पर्न लागेको मुखियाको भनाइ छ ।

ज्ञान र सीपको अभावलगायतका कारण अन्य समुदायहरुले माछा मार्ने गरेकाले मार्नुपर्ने माछा नमारेको र नमार्नेु पर्ने माछा मारेकाले आफूहरुलाई समस्या हुने गरेको कोशी गाउँपालिका–३ का मदन मुखियाले बताए ।

अन्य समुदायहरुले माछा मारेकाले आफूहरुले माछा मार्नका लागि जाँदा भने जतिको माछा मार्न नसकेको र मारे पनि बजारको मागभन्दा बढी माछा बजारमा आउने गरेकाले माछासमेत विक्री नहुने गरेको उनीहरुको भनाइ छ ।

आफूहरुको पूख्र्यौली पेशाको रुपमा माछा मार्ने पेशा भए पनि विभिन्न जात तथा समु्दायले माछा मार्ने गरेका कारण जीविको पार्जन गर्नसमेत समस्या हुने गरेको कोशी गाउँपालिका–३ का राजेश्वर मुखियाको भनाइ छ ।

माछा मारेरै घर परिवार चलाउँदै आएका माझी समुदायलाई अहिले यो पेशामा विभिन्न समुदायको प्रवेशका कारण समस्या हुने गरेको हो । रासस


क्लिकमान्डु