रिज्युममा कस्ता शब्द प्रयोग गर्ने ?



जागिरको खोजीमा रहेका मानिसका लागि बायोडाटा र रिज्युम बनाउनु चुनौतीले भरिएको काम हो । रिज्युमे बनाउँदा अधिकांश मानिस हाकीमलाई रिझाउने शब्द या विशेषण प्रयोग गर्छन । अन्तरर्वार्ताकारलाई लोभ्याउन मानिस रिज्युममा विशेषण सहितका शब्द प्रयोग गर्छन ।

तर के अन्र्तवार्ता लिन बसेका मानिस यस्ता शब्द र विषेशणले लोभिन्छन ? अह, बरु यस्ता शब्दको प्रयोगले अन्र्तवार्ता लिन बसेका मानिस चिढिन्छन । रिज्युममा यस्ता शब्दको प्रयोगले अन्र्तवर्ता लिन बसेका मानिसमा उल्टो असर पर्छ ।

त्यसो भए रिज्युममा प्रयोग हुने सबैभन्दा नराम्रो र हानिकार शब्द के हुन ?

क्वेरा वेवसाईटमा एन्जेला लियु लेख्छिन ‘हामीकहाँ आउने धेरैजसो रिज्युममा विशेषण र लोभ्याउने शब्दको अत्याधिक प्रयोग गरिएको हुन्छ । तर, यस्ता शब्द अन्तरवार्ताकारलाई भने पटक्कै मन पर्दैनन ।’

लियुका अनुसार रिज्युममा प्रयोग हुने अनावश्यक शब्द हुन ः सफ्ट स्किल, टिम प्लेयर, मल्टीटास्क, क्विक लर्नर, ग्रेट कम्युनिकेशन, जिम्मेवार, एज रिक्वायर्ड ।

लियु लेख्छिन ‘यदि तपाई सफ्टवेर डेभलपर हुनुहुन्छ या बिजनेस डेभलपमेन्ट एक्जुकेटीभ हुनुहुन्छ भने तपाईको सफ्ट स्किलको कुनै आवश्यकता छैन ।’

रिज्युममा लेखिएका यस्ता शब्दको आधारमा अन्तरवार्ताकारले तपाईको स्किल र जागिरको आवश्यकता पत्ता लगाउँछन । रिज्युमेकै आधारमा अन्र्तवार्ताकारले तपाईको भावनात्मक र बौद्धिक क्षमता पनि थाह पाउँछन ।

त्यसो भए कस्ता शब्द प्रयोग गर्ने ?

करियर सल्लाहकार ब्रेकरी रावनरका अनुसार रिज्युेममा भेरियस शब्द प्रयोग गर्नु कम खतरनाक हुन्छ । आर्थत यो शब्द आफैमा विशेषण भएपनि यसले तपाईका धेरै कुरा भन्छ र लुकाउँछ पनि ।

रावनरका अुनसार ‘धेरै मानिस डिफरेन्ट शब्दको सट्टा ‘मैले भेरियस प्रोजेक्टमा काम गरेको छु लेख्छन ।’ यो शब्दले कामको विवरण देखाउँदैन तर यसले धेरै कुरा भन्छ । आर्थत अन्तरवार्ताकारलाई तपाईप्रति उत्सुकता जगाउँछ ।’
तर, कतिपय सल्लाहकार भने भेरियस शब्दको प्रयोगलाई पनि उचित मान्दैनन । यस बाहेक रिज्युममा भेरी भन्ने शब्दको प्रयोग पनि कम गरेकै राम्रो हुन्छ ।

रिज्युममा तपाईले आफुलाई प्रमोट गर्ने हो । तर, कतिपय शब्दले दम्भ झल्काउँछन । जस्तै ः भिजनरी, एक्सपर्ट, फ्युचरीष्ट, मास्टर माईन्ड, गो गेटर, चेन्ज । रिज्युममा यस्ता शब्दको प्रयोगले दम्भ झल्काउँछ । तसर्थ यस्ता शब्द प्रयोग नगरेकै राम्रो ।


क्लिकमान्डु