सुरु भयो तीज व्यापार मेला, १० गतेसम्म हुने मेला १ लाखले अवलोकन गर्ने



काठमाडौँ । महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा बृहत् तीज व्यापार मेला आजबाट सुरु भएको छ ।

महिला सिर्जनशील केन्द्रद्वारा आयोजित मेलाको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले एक समारोहका बीच उद्घाटन गरेकी
हुन् ।

सो अवसरमा महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिरु थापाले महिला सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको बताइन् ।

यो व्यापार मेला भदौ १० गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना सञ्चालन हुनेछ । मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामाग्रीसहितका करीब २ सय बिक्री तथा प्रदर्शनी कक्ष रहने बताइएको छ ।

करीब १ लाख व्यक्तिले मेला अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

मेलामा अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य शिविर, फोटो खिचाउने, मेहेन्दी लगाउने र कपाल कटाईको सुविधा रहेको केन्द्रकी अध्यक्ष थापाले बताइन् ।

मेलाबाट प्राप्त आम्दानीको ५० प्रतिशत सामाजिक संघसंस्थालाई प्रदान गरिने बताइएको छ । विसं २०५४ मा स्थापना भएको उक्त संस्थाले महिलालाई विभिन्न सीपमूलक तालीम दिई उद्यमशीलता विकासमा टेवा पु¥याउँदै आएको छ ।मेलामा प्रवेश शुल्क ५० रुपैयाँ राखिएको छ ।


क्लिकमान्डु