गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको ताला खुल्यो



काठमाण्डौ । सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगी व्यवसायीले लगाएको ताला तीन दिनपछि खुलेको छ ।

जिल्लाको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसँग भएको लिखित सहमतिपछि उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा लागेको ताला खोल्न सहमति जनाएका हुन् ।

विद्युत, पानी, सुरक्षालगायतका विभिन्न ६ बुँदे माग राख्दै उनीहरुले गएको सोमबार औद्योगिक क्षेत्रमा तालाबन्दीसहित प्रवेशद्वारमा धर्ना दिँदै आएका थिए ।

भदौ १५ गते स्थानीय प्रशासन, राजनीतिक दल र सरोकारवालाको बृहत छलफलपछि औद्योगिक क्षेत्रका समस्या समाधानका लागि सामूहिक प्रयास गर्ने सहमति भएको थियो । सहमतिपछि तालाबन्दी र धर्नाको कार्यक्रम स्थगित गरिएको उद्योगी जिवछ यादवले जानकारी दिए ।


क्लिकमान्डु