जिसस रामेछापका अधिकृत सुवेदी माथि छुरा प्रहार



काठमाण्डौ । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदीलाई गएराति नचिनेका मान्छेको समूहले छुरा प्रहार गरेका छन् ।

गएराति ९ बजेको समयमा मन्थली नगरपालिका वडा न–१, मच्छेडाँडीमा रहेको आफ्नै घरमा फेसबुक चलाइरहेको अवस्थामा एक नचिनेको मान्छे कोठाभित्र पसेर अधिकृत सुवेदीको पेटमा छुरा प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । कोठामा एक्लै बसिरहेको अवस्थामा छुरा प्रहारपछि सुवेदी चिच्चाएको र अर्को कोठामा रहेकी श्रीमतीले थाहा पाएकी थिइन् ।

उनलाई गएराति नै मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं ल्याइएको छ । घटनामा संलग्न अपराधी चाँडै पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।


क्लिकमान्डु