माछापुच्छे« बैंक र रियान्डा बिजसर्भबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता



काठमाण्डौ । माछापुच्छ«े बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भ(फिनलिटसँगको संयुक्त सहकार्यमा)सँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशकश्री भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्धनिर्देशक प्रकाश कोईरालाले संयुक्तरुपमा गरेका छन् ।

यो सम्झौतासँगै बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धी सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)ले गर्नेछ ।

यस सम्झौताको कार्यान्वयनपछि नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले कार्यक्रम गर्ने लक्ष्य राखेको छ । बैंकले उक्त वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धी तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन, किताब र पढ्ने सामग्रीहरु वितरण, आदी कार्यहरु गरिने जनाएको छ ।


क्लिकमान्डु