राष्ट्र बैंकले भन्यो: गतवर्ष १३ वर्षपछिकै कम मूल्यबृद्धि



काठमाडौं । गत आर्थिक वर्षमा १३ वर्ष यताकै कम मूल्यबृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्ष सो मुद्रास्फीति ४.५ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षको औसत मुद्रास्फीति आर्थिक वर्ष २०६१/६२ पछिको सबैभन्दा न्यून रहेको राष्ट्र बैंकले जनाएको छ । आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको राष्ट्र बैंकको वर्तमान आर्थिक स्थितीमा उल्लेख छ ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति हिमालमा ५.९ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ६.४ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको थियो ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २०७५ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.६ प्रतिशत र भारतमा ४.२ प्रतिशत रहेकोले यी दुई मुलुकहरुबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः २.७ प्रतिशत र २.४ प्रतिशत रही मुद्रास्फीति अन्तर ०.३ प्रतिशत रहेको थियो


क्लिकमान्डु