व्यवसायी अनुगमनको बिरोधमा उत्रिए, आज कालीमाटी तरकारी बजार बन्द



काठमाडौँ । तरकारीको मुख्य थोक बजार कालिमाटी तरकारी तथा फलफूल बजार आज बिहानदेखि नै बन्द छ ।

सोमबार बाणिज्य विभागको टोलीले बजार अनुगमन गरेको बिरोधमा व्यवसायीले आज बजार बन्द गरेका हुन् । झण्डै सात सय टन तरकारी भित्रने कालिमाटीमा आज १०० टनको हाराहारीमा मात्रै तरकारी भित्रिएको पाइएको छ । व्यवसायीले थोक बजार बन्द गरेका छन् ।

कालीमाटीका व्यवसायीले अनियमितता गरेको आरोपमा सरकारी टोलीले सोमबार अनुगमन गरेको हो । त्यहाँका व्यवसायीले सरकारी अनुगमन टोलीका सदस्यलाई अवरोध गरेका थिए र केही घण्टा आफ्नो नियन्त्रणमा राखेका थिए ।

प्रहरी गएर अनुगमन टोलीका सदस्यलाई छुटाएको थियो । अनुगमनमा अवरोध गर्नेमा कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडासहितका व्यवसायी थिए ।

प्रहरीले खतिवडा र व्यवसायी विमल ढुंगानालाई पक्राउ थियो । उनीहरुलाई पक्राउ गरेको विरोधमा आज व्यवसायीले कालिमाटी बजार बन्द गराएको जनाएका छन् ।

विभागको टोली आज बिहान पनि अनुगमनका कालिमाटी तरकारी तथा फलफूल बजार पुगेको थियो ।


क्लिकमान्डु