अर्थ समिति बैठकमा गभर्नर नेपालको जवाफ- हजार र पाँच सयका नोट बन्द गर्न सकिदैन



काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले हजार र पाँच सयकाका नेट बन्द गर्न नसकिने बताएका छन् ।

प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बैठकमा बोल्दै गभर्नर नेपालले यस्तो कुरा बताएका हुन् । उनले भने– यो खतरनाक कुरा हो, यस्तो संबेदनशील कुरामा हतारमा निर्णय गर्न मिल्दैन ।

राष्ट्र बैंकमा २८ अर्बको सुनचाँदी रहेको कुरापनि उनले बैठकमा जानकारी गराए ।

बैठकमा अर्थ समितिका सदस्य तथा सांसद महेश बस्नेतले हजार र ५ सयका नोट बन्द गर्नु पर्ने बताएका थिए । सम्पत्ति शुद्धिकरण गर्न सजिलो हुने प्रशंगमा उनले यस्तो कुरा बैठकमा राखेका थिए ।


क्लिकमान्डु