गण्डकी विकास बैंकका ग्राहकले मेडिसिटी हस्पिटलमा छुट पाउने



काठमाण्डौ । गण्डकी विकास बैंकका एटीएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा काठमाण्डौं स्थित नेपाल मेडिसिटी हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ ।

गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिरशेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

ग्राहकहरुको चाहना बमोजिम बैंकका सेवालाई सर्वसुलभ र सहज रुपमा प्रदान गर्न आगामी दिनहरुमा बैङ्किङ्ग सेवालाई थप विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले वताए ।


क्लिकमान्डु