नबिल बैंकको सञ्चालकमा मुखर्जी मनोनित



काठमाडौं । नबिल बैंकको संचालकमा मलय मुखर्जी मनोनित भएका छन् । आशिष शर्माको प्रतिनिधित्व रहेको सो पदमा मुखर्जी मनोनित भएका हुन् ।

आषिश शर्माले बैंकको क समूहका संस्थापक शेयरधनी एनबी ( ईण्टरनेशनल) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

साथै, भदौ १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले मुखर्जीलाई पदबहाली गरेको कम्पनी सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।


क्लिकमाण्डू